arrow

इटहरीमा आजै मतगणना, धनगढी र धरानमा भने भोलि विहान 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Counting_hamrakura-5.jpg.jpeg

काठमाडौं । इटहरी उपमहानगरपालिकामा बुधबार नै मत गणना सुरु हुने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बुधबार सम्पन्न मतदानको गणना बुधबार रातीदेखि नै सुरु गर्ने तयारी भईरहेको निर्वाचन अधिकारी भरतमणि रिजालले जानकारी दिए ।

कूल ७८ वटा मतदान केन्द्र रहेको इटहरीमा राती १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । सबै केन्द्रबाट मतपेटिका ल्याउने काम चलिरहेको भन्दै मतपटिका ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने रिजालले जानकारी दिए । 

त्यस्तै, धनगढी उपमहानगरपालिकामा भने बिहीबारदेखि मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकारी धनसिंह महराले जानकारी दिए । उनले राजनीतिक दलले मानेको खण्डमा बुधबार बिहानैदेखि मतगणना सुरु गर्ने पक्षमा आफू रहेको जानकारी दिए । धनगढीमा कूल ७० प्रतिशतको हाराहारी मत खसेको अनुमान गरिएको छ । 

त्यस्तै, धरान उपमहानगरपालिकामा पनि बिहीबारदेखि मतगणना सुरु हुने सम्भावना देखिएको छ । निर्वाचन अधिकारी जयप्रसाद महतले दिएको जानकारी अनुसार राजनीतिक दलले मानेको खण्डमा बिहीबारदेखि मात्रै मतगणना सुरु गरिने पक्षमा आफू रहेको उनले बताए । धेरै तिरबाट मतपेटिका ल्याउनुपर्ने र त्यसको व्यवस्थापन गर्नुपर्ने भएकोले बिहीबारदेखि नै गर्न उपयुक्त हुने पक्षमा आफू रहेको उनले बताए । ८७ वटा मतदान केन्द्र रहेको उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ