arrow

दिउँसो ३ बजेसम्म पहिलो चरणको भन्दा धेरै प्रतिशत मत खस्यो

logo
प्रकाशित २०७४ असार १४ बुधबार
voting.png

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि जारी मतदानमा  दिउँसो ३ बजेसम्म पहिलो चरणको निर्वाचनमा भन्दा बढी मत खसेको थियो । 

आयोगले दिएको जानकारी अनुसार दिउँसो ३ बजेसम्म करिव ६२ प्रतिशत मतदान सम्पन्न भईसकेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ । यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ ।

पहिलो चरणको निर्वाचनमा दिउँसो ३ बजेसम्म जम्मा ६० प्रतिशत मत खसेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ