arrow

दाङमा ठूला नेता कसले कहाँबाट मतदान गरे ?

logo
प्रकाशित २०७४ असार १४ बुधबार
dang_district_map.png

तुलसीपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका विभिन्न मतदान केन्द्रमा ठूला नेताले मतदान गरेका छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले तुलसीपुर उपमहानगरपालिका– १६ स्थित मानपुर केन्द्रबाट मतदान गरे । यस्तै एमाले स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले तुलसीपुर उपमहानगरपालिका– १८ स्थित जनता विद्यापिठ केन्द्रमा गई मतदान गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दङ्गीशरण गाउँपालिका– २ स्थित रात्रि मावि बैबाङ केन्द्रबाट मतदान गरेका छन् । काँग्रेस नेता बलदेब शर्मा मझगैयाले घोराही उपमहानगरपालिका– १५ स्थित सरस्वती मावि केन्द्रबाट मतदान गरे ।

यसैगरी, काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद पार्वती डिसी चौधरीले लमही नगरपालिका– ५ मा रहेको केन्द्रबाट मतदान गरे ।  सांसदद्वय राजु खनाल र अनिता देवकोटाले घोराही उपमहानगरपालिका– १५ स्थित सरस्वती मावि केन्द्रबाट मतदान गरेका छन् । सांसद अनारकली मियाँले तुलसीपुर उपमहानगरपालिका– ५ स्थित अरनीको मैदानमा रहेको केन्द्रबाट मतदान गरे ।

यस्तै, सांसद डिल्ली चौधरीले तुलसीपुर उपमहानगरपालिका– ६ तथा बुद्धिराम भण्डारीले तुलसीपुर उपमहानगरपालिका– ११ कटाह प्रावि केन्द्रबाट मतदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ