arrow

मतदान केन्द्रमै ८२ वर्षीय बृद्धको निधन

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Jhapa_District.png

काठमाठौं । झापाको दमक नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्र भित्रै एक जना बृद्धको निधन भएको छ । ८२ वर्षीय नगेन्द्र भण्डारीको निधन भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी हवल्दार मनोज यादवले जानकारी दिए । 

भण्डारी पहिलेदेखि नै मुटु सम्बन्धि रोगबाट पीडित थिए । उनलाई मतदान गर्न लैजाँदै गर्दा मतदान स्थल नजिकै पुगेपछि उनको निधन भएको हो । उनको शवलाई अहिले आफन्तले लगिसकेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ