arrow

एमाले कार्यकर्ताहरुले काँग्रेस आमसभामा ढुंगा हाने, पछि सडकमै सुते

logo
प्रकाशित २०७४ असार १२ सोमबार
bajhang_district_map.png

काठमाडौं । नेकपा एमालेले नेपाली काँग्रेसको आम सभामा ढुंगामुढा गरेको विषयमा अझै पनि वित्थडचीर गाउँपालिकाको वातावरण सामान्य बन्न सकेको छैन । एमालेको हिंशात्मक शैलीका कारण गाउँपालिकाबासीहरुमा अझैपनि त्रास उत्पन्न भईरहेको छ । 

बझाङ जिल्लाको उक्त गाउँपालिकामा रहेको सुनकुडा स्कूलमा शनिबार दिउँसो आमसभाको आयोजना गरिएको थियो । आमसभामा पूर्वमन्त्री एनपी साउद आउने कार्यक्रम थियो । पछि उनी नआएपनि पूर्वमन्त्री डा. सुरेश मल्ललाई प्रमुख अतिथी बनाईएको थियो । उक्त आमसभा सुरु हुनासाथ एमाले कार्यकर्ताहरुले कार्यक्रमस्थलभन्दा माथि गएर ढुंगामुढा गर्न थाले । 

कार्यक्रम एकाएक तनावग्रस्त बन्न थाल्यो । उनीहरुले अझैंपनि ढुंगा बर्साउन छाडेनन् । त्यसपछि तनावपूर्ण स्थितीमा कार्यक्रम सम्पन्न भयो । त्यसपछि कार्यकर्ताहरु जानेबेलामा सबै एमालेका कार्यकर्ताहरु आएर सडकमै सुतिदिएपछि स्थिती झनै तनावमय बनेको थियो । त्यहाँ एमाले कार्यकर्ताहरुलाई हटाउनको लागि प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो । 
 
त्यसपछि काँग्रेस कार्यकर्ताहरु बोकेको गाडी कार्यकर्ता पुर्याउन हिँड्यो । देउदेख भन्ने ठाउँमा पुगिसकेपछि फेरि एमाले कार्यकर्ताहरुले बाटोरोकेर काँग्रेस कार्यकर्ताहरुमाथि आक्रमण गरेको कार्यक्रमका प्रमुख अतिथी मल्लले जानकारी दिए । त्यो ठाउँ एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारको घर पनि रहेको ठाउँ हो । 

यसरी राती १ बजे काँग्रेसका कार्यकर्ता हिँडेको गाडीलाई एमालेका कार्यकर्ताहरुले तोडफोड गरेका थिए भने कार्यकर्तामाथि समेत आक्रमणको प्रयास गरेका थिए । यसरी एमालेले गरेको यो हर्कतका कारण अझैसम्म पनि उक्त गाउँपालिकाको जनजीवन भयभीत बनिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ