कुलबहादुर गुरुङले भने -'कांग्रेसलाई जिताउन कर्माचार्यलाई भोट'
विकासका लागि कांग्रेसलाई मतदान गर्न आग्रह
प्रकाशित २०७४ असार १० शनिबार
234
Shares
इलाम बजार (इलाम) । नेपाली कांग्रेस इलाम नगरपालिकाले इलाम बजारमा आयोजना गरेको आमसभाका वक्ताहरुले स्थानीय तहको विकासको लागि नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई मतदान गरि विययी बनाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले हालसम्म प्राप्त जनताका अधिकारहरुको रक्षा गर्दै मुलुकलाई शान्ति र समृद्धिको मार्गमा अग्रसर गराउन कांग्रेसलाई मतदान गर्न आग्रह गरे । उनले कांग्रेसलाई जिताउन इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तथा पार्टी सभापति हिमायल कर्माचार्यलाई भोट दिन आग्रह गरे ।
गुरुङले जनताको अधिकारको लागि नेपाली कांग्रेसले २००७ सालदेखि नै निरन्तर संघर्ष गर्दै आएको प्रसंग उल्लेख गर्दै २०७२ को संविधानले तिनलाई लिपिबद्ध गरिसकोकोले यसलाई कार्यान्वयन गर्दै मुलुकमा शान्ति र संमृद्धि ल्याउन स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरे।
आमसभामा नेपाली कांग्रेसका महासमिति सदस्य मिन विश्वकर्माले कांग्रेस सबै नेपालीलाई एकताको सूत्रमा बाध्ने उपायको खोजीमा छ भने केहीदलहरु देशमा सद्भाव भड्काउन उद्दत गरेको बताए ।
इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तथा पार्टी सभापति हिमायल कर्माचार्यले युवा रोजगारी, खानेपानी समस्या समाधान, धार्मीक सहिष्णुता सहित समृद्ध हरित नगरी बनाउने योजना रहेको बताए ।
प्रचार प्रशार समितिका संयोजक तोयनाथ भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत,महासमिति सदस्य वेनुपराज प्रसाई, भेषराज आचार्य, डम्बर खड्का, महासमिति सदस्य तथा उपमेयरकी उम्मेद्धार चन्दा कार्की, केन्द्रीय सदस्य तथा सांसद नगेन्द्र कुमाल , सुजता परियार, केन्द्रीय सदस्य श्याम घिमिरे, नेपाल विद्यार्थी संघका महामन्त्री सरोज थापा नेपाल साँस्कृतिक संघका केन्द्रीय कोषाध्यक्ष रमेश दुलाल, जिल्ला सचिव खगेन्द्र देवान, निर्वाचन प्रचार समिति संयोजक निरोज खड्गी लगायतले सम्बोधन गर्नुभएको थियो ।