मोरङ सुन्दरहरैचामा काँग्रेस बलियो बन्दै, एमालेको मतभेद अन्तर्घातसम्म
प्रकाशित २०७४ असार ९ शुक्रबार
377
Shares
मोरङ। मोरङको सबैभन्दा धेरै मतदाता भएको नगरपालीका सुन्दरहरैचामा नेपाली काँग्रेस वलियो देखिएको छ । काँग्रेसका तर्फबाट चुनावी मैदानमा होमिएका सु्न्दरहरैचाका मेयरका उम्मेदवार शिव ढकाल विकाशप्रेमी भएकै कारण काँग्रेसको लोकप्रियता वढ्दै गएको हो ।
विभिन्न सामाजीक संघसंस्थामा आवद्ध भएर उनले हरेक वडा, गाउ टोलमा सामाजिक काम गरेका छन् । उद्योग बाणिज्य संघ, लायन्स क्लब, रोटरी क्लब, जेसीस लगायतका सस्थामा आबद्द भएर सामाजीक काममा सकृय रहेका ढकाल मेयरको उम्मेरद्वार भए पछि स्वतन्त्र ब्यक्ति मात्र नभएर अरु पार्टीका कार्यकर्ता पनि ढकालको लागि मत माग्दै हिडेका छन्।
एमाले भित्रको आन्तरिक मतभेदका कारण पनि ढकाल वलीयो उम्मेद्धवार भएका छन् । सुन्दरहरैचा नगरपालिकामा गाभिएका साबिकका गाबिसमा बिगतमा एमालेले जितेपनि बिकासको खास काम नभएकाले नगरबासी पनि एमालेप्रति निरास र काँग्रेस प्रति आसाबादी देखिएका छन् ।
अहिलेसम्म कुनै पनि विवादमा नपरेका स्वच्छ छविका ढकाल युवाहरुको रोजाईका उम्मेदवार मानिन्छन् । साबीक दुलारी तथा आसपासमा एमालेको प्रभाव निकै भए पनि अहिले ढकालको उम्मेरद्वारीले दुलारीका एमाले कार्यकर्ता ढकालकै पक्षमा लागेका छन् ।
एमाले भने आफ्नो आन्तरीक विवाद मिलाउनमै ब्यस्त रहेको छ । एमालेले नचिनेको र विवादीत नेता केदार गुरागाईलाई आफ्नो मेयरको उम्मेदवार वनाएको कारण पनि धेरै विवादमा रहेको छ ।
एमालेका एक गुटले गुरागाईलाई नसघाउने देखिएको छ । उनले त्यसै क्षेत्रबाट जितेका नेकपा एमालेका सांसद चन्द्रवहादुर गुरुङले समेत सहयोग नगर्ने अभिब्यक्ती दिने गरेको वताएका छन् ।
पारीवारीक रुपमा पनि सवै सदस्य काँग्रेसप्रति आस्था राख्ने भएको कारण पनि एमाले भित्र गुरागाइलाई धेरैले अविश्वास गर्ने गरेको वताईएको छ । गुरागाइ घरमा एक्लो एमाले हुन ।