arrow

बुटबलमा काँग्रेस गठबन्धनका उम्मेदवार जिताउन बुद्धिजीवी अग्रसर

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
congress-educators.jpg

बुटबल । नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि दुवै पार्टीका बुद्धिजीवीहरु सक्रिय भएका छन् ।

बुटबल उपमहानगरपालिकामा रहेका वकिल, प्राध्यापक, डाक्टर, इञ्जिनियरहरुले एक भेलाको आयोजना गरी संयुक्त पेशागत  कार्यदल गठन गरेर चुनावी अभियानमा खट्ने निर्णय गरेका छन् ।
डा सुरेन्द्र गिरीको नेतृत्वमा गठित कार्यदलमा सहसंयोजक प्रध्यापक संघका अध्यक्ष लक्ष्मण कार्की, सहसचिवमा सोमनाथ गिरि रहेका छन् । 
 
त्यसैगरि सदस्यहरुमा रामजी ज्ञवाली, श्रीकान्त सुवेदी, उषा राना, प्रेम पौडेल,यज्ञमूर्ति पाण्डे, प्रेम वस्नेत, बैकुण्ठ पाण्डे, पशुपति भण्डारी, यज्ञ खरेल, लोकराज घिमिरे, रुद्रहरी कुवंर लगायत रहेका छन् । 

त्यसैगरि सल्लाहकारहरुमा प्राध्यापक आनन्दमान सिंह शाक्य, प्रा डा नारायण कंडेल, घनश्याम पन्त, डा नरायण वेल्वासे, प्रा डा बुद्धबहादुर थापा, डा कृष्ण खनाल, डा कृष्ण शर्मा, मदन कट्टेल, खिमानन्द पाण्डे, नूरजंग केसी, लिलावल्लव ढकाल लगायत रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ