arrow

काँग्रेस-माओवादी उम्मेदवारको बुटवलमा सुकुम्वासीलार्इ मालिक बनाउने योजना

logo
प्रकाशित २०७४ असार ७ बुधबार
congress_Moistcenter1.JPG

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेद्वार खेलराज पाण्डे र नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार जगतबहादुर पोखरेलले बुटवललाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बुटवलको मेयर र उपमेयर पदमा चुनावी तालमेल भए अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव प्रचारका क्रममा उपमहानगरपालिकालाई सुकुम्बासीरहित बनाउने र सुकुम्वासीलाई जग्गा मालिक बनाउने संकल्प व्यक्त गरेका छन् । वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्वासीहरुको व्यवस्थित बसोवास मिलाउदै आवश्यक जग्गाको वन्दोवस्त गरेर यो लक्ष्य पूरा गरिने दुवै पार्टीका नेताहरुले बताएका छन्।

यसै क्रममा वडा नं १३ मा बुधबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल,, नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विनोद पहाडी, माधव शर्मा, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी टीका ओली लगायतले आफूहरुसंग विकास र समृद्धिको एजेण्डा भएकाले संयुक्त गठबन्धनमा मतदान गर्न आग्रह गरेका थिए । 

महिला उद्यमीका समस्या समाधान हुने
बुधबार नै बुटवलमा भएको महिला व्यबसायीहरुको भेलालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार खेलराज पाण्डेले महिलाहरुले सञ्चालन गरेको उद्योग व्यबसायलाई हरेक हिसावले सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने वचन दिए । नेपाल व्यूटिसियन संघ रुपन्देहीले आयोजना गरेको भेलामा उनले महिलाले सञ्चालन गर्ने उद्योग व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिशेष महत्व दिने प्रतिवद्धता व्यक्त गरे । महिलाले गरेको लगानी र स्वयम महिला उद्यमीको सुरक्षाका बारेमा समेत बिज्ञको टोली बनाएर राय सुझाव अनुसार काम गर्ने उनले बताए । 

कार्यक्रममा पूर्व सांसद विनोद पहाडी, उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेल, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि युवराज गिरीले नेपाली काँग्रेस र माओवादीको संयुक्त गठबन्धनमा मतदान गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा नेपाल व्यटिसियन संघकी केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, रुपन्देहीकी अध्यक्ष रेणु कर्माचार्य, सचिव अनिता केसी, बुटवल नगर अध्यक्ष विष्णु थापा लगायतले महिलाले सञ्चालन गर्ने उद्योग, व्यापार, व्यबसायमा धेरै चुनौती रहेको बताउँदै लगानीको सुरक्षा तथा स्वयम महिला उद्यमीको जीउ धनको सुरक्षा संवेदनशील भएको बताएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ