arrow

काँग्रेसले बागी उम्मेदवारमाथि कारबाही गर्ने

logo
प्रकाशित २०७४ असार ७ बुधबार
Nepali-Congress-Party-Flag.jpeg

काठमाडौं। नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ। काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएको छ।

विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजका प्रस्तावक एवम् समर्थकलाई कारबाही गरिने उल्लेख छ।

काँग्रेसले त्यस्ता व्यक्तिलाई पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निष्काशन गर्ने जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ