कोहलपुरका कांग्रेस उम्मेदवारहरुको जोड पूर्वाधार विकासमा
प्रकाशित २०७४ असार ६ मंगलबार
446
Shares
कोहलपुर। कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसका मेयर उम्मेद्वार भानुभक्त भट्टराई सहितको टीमले पूर्वाधार विकासलाई चुनावी एजेण्डा बनाएको छ । घरदैलो अभियान अन्तरगत मंगलबार कोहलपुर नगरपालिकाको वडा नम्बर १३ सिमरी गाउँ पुगेका मेयर उम्मेदवार भट्टराई सहितको टोलीले सिमरी गााउलाई कोहलपुरनगरसंग जोड्न पक्की पुल अपरिहार्य भएको बताएका थिए। कोहलपुर नगरपालिकाको विकट मानिने सो स्थानमा २०२० सालमा बनाइएको झोङ्गे पुल खोलाले बगाए पछि अहिले अर्को झोलुङगे पुल निर्माणाधीन छ । त्यस क्षेत्रका स्थानीयहरु बर्षामा समेत सोही निर्माणाधीन पुलबाट आवतजावत गर्न बाध्य छन् ।
यस क्षेत्रमा बर्षामा डुडुवा नदीले बर्षाको समयमा कटान गर्ने र केही क्षेत्र डुवानमा समेत पर्ने गरेको छ । मेयर उम्मेदवार भट्टराईले सो क्षेत्रमा तटबन्द गरिने बचन पनि दिएका छन् । घरदैलो अभियान अन्तर्गत आजै कोहलपुर वडा नम्बर १३ कै भरैया तथा खड्वार पुगेका भट्टरार्इले राष्ट्रिय निकुञ्जको बफर जोन भएकाले बन्यजन्तुबाट हुने हानी नोक्सानीको क्षतिपूर्तिको व्यवस्था गर्दै सो क्षेत्रलाई बाँके जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन्। बन्यजन्तुले आक्रमण गर्दा साविकमा रु ५ लाख दिने व्यवस्था भएकोमा नेपाली कांग्रसकै सरकारका बेला रु १० लाख बनाएको पनि जानकारी गराए ।
घरदैलो कार्यक्रममा उपमेयरका उम्मेद्वार सञ्जुकुमारी थारुले महिला तथा युवा लक्षित विशेष योजना थालिने बताउनुभयो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।