arrow

काँग्रेस उम्मेदवारले गरे सेवा सुविधा नलिने घोषणा

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
congress-flag3.jpg

इलाम । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि संक्षिप्त कुराकानी गर्दै गुरुङले राज्यबाट प्रदान गरिने सेवा सुविधा सबै जनताको हितमा खर्चिने घोषणा गरेका हुन् ।  

“मैले जितेँ भने राज्यले पाँच वर्षमा कम्तीमा रु १५ लाख देला, त्यो रकम सबै गाउँको विकासमा लगाउँछु,” गुरुङले भने, “यहाँको जनतालाई सर्वोपरि ठानेर काम गर्नेछु ।” 

इलाम नगरपालिका–३ साविक पुवामझुवा गाविस हो । यो विकास र शिक्षाको दृष्टिकोणले पछि परेको गाउँ हो । 

यहाँको दलित बस्तीमा खानेपानी, विद्युत्, सडक विस्तार नहुँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको बताउँदै उम्मेदवार गुरुङले आफूले जितेमा खानेपानी, विद्युत् र सडकमा आफूले पाउने पारिश्रमिक र भत्ताको रकम खर्च गर्छु, भने । 

उनले यहाँका दलित समुदायका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने समेत बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ