arrow

काँग्रेसको आक्रमणबाट मारिएका भनिएका एमाले कार्यकर्ताको मृत्यु हृदयघातबाट !

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
Congress-UML_Election.jpg

बाजुरा । बाजुराको छेडेदहगाउँपालिकाको वडा नं ५ सांदे निवासी हंसे रावतको हृदयघातका कारण मृत्य भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । 

नेपाली कांग्रेसका कार्यकर्ता र एमाले कार्यकर्ता बीच उनको घरनजिकै भएको झडपमा ढुंगा हानाहान भएको थियो । 

मुठभेड हुँदा ढुंगाको घरको छानामा लागेको बताईएको छ । ढुँगा घरमा वर्षिन थाले पछि घर वाहिर आएर गालीगलौज गरेको बताइएको छ ।

यता झडप भईरहेको छ गाली नगर शान्त बस भन्दा उनी वारम्वार बोलिरहेको प्रत्यक्षदर्शीले बताएका छन्  ।

 एक छिनपछि उनी ढलेको देख्दा प्रहरीले उनलाई बोकेर डोगडी स्वास्थचौकीमा ल्याएको थियो । 

त्यसपछि उनलाई डोगडी स्वास्थचौकीबाट रिफर गराएर एमाले कार्यकर्ताले जिल्ला अस्पताल मार्तडी ल्याउँदा उनको बाटोमै मृत्युभएको स्थानीयले बताएका छन् । 

सरसर्ती हेर्दा कहींकतै घाउचोट देखिंदैन । तर पोेष्टर्माटम गर्न भने बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विकले भने ।  

विभिन्न सञ्चार माध्यामबाट कांग्रेस एमालेको भिडन्तबाट एमाले कार्यकर्ता मारियो भन्ने अतिरञ्जीत समाचार आएको स्थानीयप्रत्यक्षदर्शीले बताएका छन् । 

विभिन्न सञ्चारमाध्यामले  सत्यतथ्य र पूर्वागह नराखेर समाचार संम्प्रेसण गर्न समेत स्थानीयले अनुरोध गरेकाछन् । 

यता के कति कारणले मृत्यु भएको हो पोष्टमार्टमको सत्य रिर्पोट आवस् भन्ने उद्येश्यले डडेलधेरावाट चिकित्सकको टोली बाजुरा मगाएको प्रहरी नायव उपरिक्षक दलवहादुर बोगटीले बताए। 

सोही घटानालाई आधार मानेर एमाले केन्द्रीय सदस्य लालबहादुर थापा डोगडी गएका थिए । 

उनी डोगडी पुगेपछि नेपाली कांग्रेस छेडेदहको अध्यक्षका उम्मेदवार नर रावत लगायतका तीन दाजुभाइलाई राति १२ बजे प्रहरीले विनापुर्जी पक्रेको आरोप प्रहरीलाई लागेको छ  ।

२४ घण्टासम्म प्रहरीले थुनामा लिन सकिन्छ तर पछि पक्राउपुर्जी अनिवार्य दिनै पर्ने कानुनी व्यवस्था छ । 

स्नातक तह पास गरेका मृतक रावतका छोरा गत चैत्रमा बितेपछि उनी यस अघिपनि एक्लै बर्बराउने र अचेत हुने गरेको पर्थेडोगडीका रमेश रावतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ