arrow

दोस्रो चरणको स्थानीय निर्वाचनः ताप्लेजुङमा काँग्रेसले खाता खोल्यो

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
Taplejung_District.png

ताप्लेजुङ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले पूर्वमा खाता खोलेको छ । सुदुरपुर्वी जिल्ला ताप्लेजुङबाट दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको हो । 

जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेद्धारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् । 

नेपाली कांग्रेसबाट लक्षिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । 

बस्नेतले भने, ‘उहाँ बाहेक अरु कसैको पनि उम्मेदवारी परेन र दाबी विरोध पनि परेन ।’ 

लक्षिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधि बनेकी छिन् । उक्त वडामा कांग्रेस बाहेकका दलले दलित पहिला उम्मेद्धार नपाएपछि कांग्रेस निर्विरोध भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ