काँग्रेस उम्मेदवारलार्इ चुनाव जिताउन कुन् जिल्लामा को जाँदैछन् प्रतिनिधि ?
प्रकाशित २०७४ असार ५ सोमबार
439
Shares
काठमाडौं । नेपाली काँग्रेसले विभिन्न जिल्लामा आफ्ना उम्मेदवारहरुलाई जिताउनको लागि केन्द्रबाट प्रतिनिधि खटाउने निर्णय गरेको छ । सोमबार कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको समितिको बैठकले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन भिन्न भिन्न जिल्लाहरुमा भिन्न भिन्न उम्मेदवार खटाउने निर्णय भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै, पार्टीले प्रदेश नं. १, ५ र ७ को निर्वाचनको अनुगमन गर्नका लागि केन्द्रीय सदस्य डा. प्रकाश शरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन गरेको छ । उक्त कार्यदलको सदस्यहरुमा—केन्द्रीय सदस्यहरु— महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेको पनि पौडेलले जानकारी दिए ।