arrow

कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

logo
प्रकाशित २०७४ असार ५ सोमबार
jhala-nath-khanal.jpg.jpeg

इलाम। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भने। “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उनले भने।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे। जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भने। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ