च्याम्पियन्स ट्रफी क्रिकेट फाईनलमा पाकिस्तान बिरुद्ध भारतको लज्जास्पद पराजय
प्रकाशित २०७४ असार ४ आइतबार
502
Shares
ओभल, ईङल्याण्ड। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाईनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको छ।
समुह चरणमा भारतसँग पराजित पाकिस्तानले फाईनलमा भारतलाई क्रिकेटको सबै क्षेत्रमा पराजित गरेको छ। ब्याटिङ-बलिङ र फिल्डिङमा पाकिस्तानको अव्वल प्रदर्शनले भारतलाई एकपक्षिय खेलको फाईनलमा पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३३८ रन बाएको थियो। पाकिस्तानका फाखर जमानले सतकीय पारी खेल्दै १०६ बलमा ३ छक्का र १२ चौकाको मदतले ११४ रन बनाएका थिए।
त्यसैगरि मोहम्मद हाफिजले ३७ बलमा ५७ रनको पारी खेलेका थिए भने अजहर अलीले ५९ रनको योगदान दिएका थिए।
भारतकालागि भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र केदार जाधवले १-१ विेकट लिएका थिए।
जवाफमा ब्याटीङ गर्न ओर्लेको भारतलाई पाकिस्तानी बलरले शुरु देखी बाँधेर राखेका थिए। तेज गतिका बलर मोहम्द आमिरले आफ्नो पहिलो २ ओभरमा भातका खतरनाक ब्याट्सम्यानरोहित शर्मा र विराट कोहलीलाई पेविलियन फर्काएका थिए।
रोहित शर्माले खाता खोल्न सकेका थिएनन् भने कोहली ५ रनमा आउट भएका थिए। आमिरले अर्का फर्ममा रहेका ब्याट्सम्यान शिखर धवनको पनि विकेट लिएका थिए। शिखरले २१ रन बनाएका थिए।
भारतकालागि हार्दिक पाण्ड्याले सा्रवाधिक ७६ रन बनाएका थिए। उनले ६ छक्का र ४ चौका प्रहार गरेका थिए। त्यसैगरि युवराज सिंहले २२ रनको योगदान दिएका थिए।
पाकिस्तानकालागि हसन अलीले ३ विकेट लिएका थिए भने शादाब खानले २ विकेट हात पारेका थिए।