arrow

बस दुर्घटनामा दुईको मृत्यु, पच्चीस घाइते

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1068520028.jpeg
कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना५ख २६१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बर्दिया नेवलापुरका २३ वर्षीय मुकुन्द थापा र कञ्चनपुर पुनर्वास–३ का ३० वर्षीय शेरबहादुर कँुवरको मृत्यु भएको हो । 
 
दुर्घटनामा परी घाइते भएका २५ जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल बुटवल पठाइएको छ । सामान्य घाइतेलाई भने उपचारपछि गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ