arrow

५ नं प्रदेशका तीन जिल्लामा बन्दको प्रभाव न्यून, मनोनयन शान्तिपूर्ण

logo
प्रकाशित २०७४ असार ४ आइतबार

काठमाडौं । प्रदेश नं ५ का तराईका तीन जिल्लामा राष्ट्रिय जनता पार्टीको बन्दको प्रभाव न्यून देखिएको छ । सरकारकाले असार १४ गतेको लागि तोकेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन मनोनयनको दिन तीन जिल्लाहरु नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा राजपाको बन्दको प्रभाव न्यून देखिएको हो । 

स्थानीय जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ५ नं प्रदेशका यी तीन जिल्लामा अहिले शान्तिपूर्ण रुपमा निर्वाचन मनोनयन चलिरहेको छ । नवलपरासीका जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारी, रुपन्देहीका हुमनाथ गौतम र कपिलबस्तुका ज्ञानहरि घिमिरेले दिएको जानकारी अनुसार ती जिल्लाका सबै स्थानीय तहहरुमा शान्तिपूर्वक मनोनयन चलिरहेको छ । 

त्यसो त यी जिल्लाहरुमा बन्दकर्ताको उपस्थिती देखिँदैन भने छोटा दूरीका सवारीसाधनहरु पनि पर्याप्त चलिरहेका छन् । स्थानीय तहको निर्वाचनको मनोनयनलाई केन्द्रीत गर्दै आईतबार राजपाले तराईका जिल्लाहरुमा बन्दको आह्वान गरेको थियो । 

आईतबार ३ प्रदेशभित्र एक महानगर, ७ उपमहानगर, १०१ नगरपालिका, २१५ गाउँपालिकाकामा १५ हजार ३८ प्रतिनिधिका लागि मनोनयन हुँदैछ । यी स्थानीय तहहरुमा कूल ६४ लाख ३२ हजार ७६५ मतदाता र ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ