मुस्लिम समुदायका समस्या समाधान गर्ने जिम्मा पनि काँग्रेसको काँधमा
रोजा अफ्तारमा काँग्रेस उम्मेदवारको भव्य स्वागत
प्रकाशित २०७४ असार ४ आइतबार
425
Shares
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट प्रस्तुत मेयर र उपमेयरका उम्मेदवारलाई मुस्लीम समुदायको पवित्र पर्व रमजानका अवसरमा आयोजित कार्यक्रममा भव्य स्वागत गरिएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर ५ मा आयोजना गरिएको रोजा अफ्तार कार्यक्रममा काँग्रेसका मेयर उम्मेदवार डा.सुरेश कुमार कनोडिया र उपमेयर उम्मेदवार उमा थापामगरलाई भव्य स्वागत गरिएको थियो ।
बहुभाषी , बहुजाती ,बहुधार्मीक समुदाय रहेको र धार्मिक सद्भावको शहरको उपमा पाएको नेपालगन्जलाई एकताबद्ध गरी आधुनिक शहरमा रुपान्तरित गर्न अग्रसर कांग्रेसका उम्मेदवारहरुको एजेण्डालाई सबै, धर्म, सम्प्रदाय,वर्ग र जातिका बासिन्दाहरुले मन पराएका छन् ।
रोजा अफ्तारका अवसरमा आयोजित कार्यक्रममा डा. कनोडियाले हिन्दु ,मुस्लिम दुवै धर्म मानव कल्याणमा समर्पित रहेको र जुन धर्म मानेपनि सदियौदेखि यस क्षेत्रका बासिन्दामा एकापसमा विकसित भातृत्व र विश्वासले नगरको विकास सम्भव हुने बताएका थिए ।
उनले नेपाल सबै जाति ,धर्म संस्कृतिको साझा फुलबारी भएकाले सबैलाइ समेटेर लैजाने सक्ने क्षमता काँग्रेस बाहेक अन्य पार्टीको वशमा नरहेको उल्लेख गर्दै मुस्लिम समुदायका पीडा र समस्यालाई आफ्नो समस्याको रुपमा लिएको पनि बताए ।
उनले मुस्लिम समुदायका बालबालिका पढ्ने मदरसाहरुप्रति राज्यको उचित ध्यान जान नसकेको भन्दै गुणस्तरीय र उच्च शिक्षाका लागि मदरसालाइ राज्यको मूल प्रवाहको शिक्षा प्रणालीसंग समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उपमेयर पदकी उम्मेदवार उमा थापामगरले मुस्लिम समुदाय सहित मधेसी, आदिवासी र जनजातिका महिलाका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुस्लिम,मधेसी,आदिबासी ,जनजाति, दलित, पिछडिएको वर्ग तथा अल्पसंख्यक समुदायको उत्थान गर्ने एक मात्रै पार्टी नेपाली काँग्रेस भएकाले काँग्रेसलाई जिताउन आग्रह गरे ।
मोहर्रम कमिटीका उपाध्यक्ष अमन इट्टाभट्टावालाको सभापतित्वमा भएको कार्यक्रममा वार्ड नम्बर ५ का वार्ड अध्यक्ष पदका उम्मेदवार मेराज अहमद हल्वाई ,संसाद अब्दुल हामिद सिद्दिकि , मुस्लिम जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया, जडिबुटी संघका अध्यक्ष मो .याकुव अन्सारी , मुस्लिम धर्मगुरु हाफिस साकिर लगायतको सहभागिता रहेको थियो ।
रोजाअफ्तारमा मुस्लिम समुुदायका हजारौंको नागरिक उपस्थित थिए ।