तुलसीपुर। तुलसीपुरमा नेपाली काँग्रेसले पहिलो चुनावी सभा शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ तकियापुरवाट सुरु गरेको छ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. २का पूर्व ई काइ सभापति भिमबहादुर वलीको अध्यक्षता र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आथित्यमा कार्यक्रम सूरु भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले न्याय प्रेमी दाजुभाई दिदी बहिनीहरुले फेरि काँग्रेसको पक्षमा मतदान गर्दै दाङमा काँग्रेसको गर्बिलो इतिहास बर्करार साख्ने बताए । ‘अब काँग्रेस दाङमा कुनै गुप–उपगुट छैन र तपाँईहरु अब चार तारा अनि रुख बाहेक अरु केही नहेर्नुहोस ।’ केन्द्रीय सदस्य गिरीले थपे ‘ नेकपा एमालेले भ्रम छरेर मतदाता आकर्षित गर्न खोजेको छ त्यसवाट सचेत रहनुहोला ।’
नेकपा एमालेका मत माग्न आउने नेताहरुलाई अहिले सम्म उनीहरुले दाङमा गरेका विकास निर्माणका तीन वटा उदारहण मात्रै प्रस्तुत गर्न नेता गिरीले मतदातालाई आग्रह सेमत गरेका छन् । त्यस्तै क्षेत्र नं. ४बाट निर्वा्चित सांसद बुद्धिराम भण्डारीले काँग्रेसले खडा गरेका उम्मेदवार अनुभवले खारिएका र सही उम्मेदवार भएकोले जित सुनिश्चित भएको बताए । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पूर्व सांसद गेहेन्द्र गिरी र उपमेयर पदमा दलित नेतृ देवीका नेपाली जस्ता व्यक्तिलाई काँग्रेसले उम्मेदवार बनाउनु पार्टीको दुरदर्षी निर्णय भएको बताए ।
‘यहाँ विकास निर्माणका सवालमा सिन्कोपनि नझाँच्ने दलहरुले अहिले आएर अनावश्यक भ्रमको खेति गर्दै हिडेका छन् ।’ उनले अगाडि भने ‘ निर्वाचनको समयमा मात्रै सपना देखाउने तर अघिपछि लुक्नेहरुलाई राम्रो संग चिन्नुहोला ।’ कार्यक्रमलाई सम्वोधन गर्दै मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले आफ्नो मनमा तुलसीपुरका सम्वृद्धि र विकास बाहेक अर्काे कुनै स्वार्थ नरहेकोले आँफुले जितेमा तुलसीपुर लगायत समग्र दाङको विकासमा भूमिका खेल्ने बताए ।
‘मैले राजनीति गर्न लागेको ५० वर्ष भयो , यो बीचमा प्रजातन्त्रको लागि ४वर्ष कैद र २बर्ष प्रवाशको जीवन वेथित गरेको छु ।’ उनले अगाडि भने ‘म दुई कार्यकाल दाङको सभापति भएर जिम्मेवारी निर्वाह गरेको व्यक्ति हुँ , पूर्व सांसद पनि हुँ र मलाई तुलसीपुर लगायत जिल्लाको बस्तु स्थितिको राम्रो ज्ञान छ।’ उनले आँफु २०२३ सालदेखि तुलसीपुर मै बसेर तुलसीपुरका समस्या नजिक वाट नियाल्दै आएकोले आँफुले जितेपछि सुरक्षित र सुसंस्कृत तुलसीपुर निर्माणमा भूमिका खेल्ने बताए ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयरपदकी उम्मेदवार देवीका नेपालीले पार्टीले आँफु जस्तो दलित महिलालाई उम्मेदवार बनाएर समग्र दलित समुदायको सम्मान गरेको बताइन । आँफुले जितेमा समान सहभागिता र समतामुलक समाज निर्माणमा भूमिका निर्वाह गर्ने उनको धारणा थियो । ‘ नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक र उदार पार्टी अरु कोही छैनन् । संविधानको कार्यान्वय र देशको सम्वृद्धिको लागि काँग्रेसले जित्नुको विकल्प छैन ।’
कार्यक्रमलाई नेपाली काँग्रेस दाङ क्षेत्र नंबर ४का सभापती जगत बहादुर खडका, नेता श्याम रेग्मी, मदन रसिक , सुस्मा गिरी , पूर्व मेयर शंकर प्रशाद आचार्य , पूर्व उपमेयर प्रदीपबहादुर शाह , महादेव शाह, राजेन्द्र धिताल , काँग्रेस युवा नेता सुरेश हमाल,लगाएतले संबोधन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेता नारायण शर्मा,तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष पदका उम्मेदवार राजु आचार्य , दाङ क्षेत्र नं. ५का क्षेत्रीय कोषाध्यक्ष ५ भद्रबहादुर खड्का, स्थानीय लिलामनी योगी लगाएतले सम्वोधन गरेको प्रचार प्रसारमा सहभागी प्रेश यूनीयन दाङका कोषाध्यक्ष शरद रेग्मीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमको सहजीकरण ढुण्डिराज न्यौपाने गरेका हुन ।
यसैबीच नेपाली काँग्रेस दाङको समन्वयमा सुरु भएको चुनवी प्रचार प्रशार एवं चुनावी सभा कार्यक्रम शुक्रवार दिउँसो १ बजेपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को कृष्णमन्दीर परीसरमा बृहत चुनावी सभाको आयोजना गरेको थीयो । सो कार्यक्रममा वडा अध्यक्षका उमेदवार बेदु केसी,देवा डागी,खीम प्रसाद खराल,बिध्यार्थी नेताहरु रमेश मल्ल,किरण केसी,अरुण लहरे,जीतेन्द्र प्रकास ओली, लगाएतले बोल्नुभएको थीयो । त्यस्तै शुक्रवार अपरान्ह वडा नं. ९ को कालभैरव मन्दिर परिशरमा कार्यक्रम सम्पन्न भएको छ । सो अबसरमा वडा अध्यक्षका उम्मेदवार घनश्याम ढकाल लगाएतले सम्बोधन गर्नुभएको थीयो ।