हमासले विद्यार्थीलाई मानव ढाल बनाएको इजरायली प्रधानमन्त्री बेन्जामिनको आरोप
प्रकाशित २०७४ जेठ २९ सोमबार
494
Shares
जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास समूहले गाजा क्षेत्रका दुई विद्यालयमा सुरुङ बनाई विद्यार्थीहरुलाई मानव ढाल बनाइएको भनी कडा आलोचना गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थीको अधिकारका लागि कार्यरत संस्था (युएनआरडब्लूए) ले दुई विद्यालयभित्र सुरुङ भेटिएको बताएपछि नेतन्याहुको सो प्रतिक्रिया आएको हो। उहाँले युएनआरडब्लूएले संयुक्त राष्ट्रसङ्घसँग विवादास्पद गतिविधिमा सम्लग्न गरेको आरोप लगाउदै सो संस्थालाई विघठन गर्न जोडदार माग गरेको छ।
अमेरिकी राजदूत निकी हेलीसँगको कुराकानीमा डर अल बालाहको अल मघाजी शरणार्थी शिविर क्षेत्रमा रहेका दुई विद्यालयभित्र सुरुङ भेटिएको भन्दै शरणार्थीका लागि काम गर्ने उक्त संस्थाको गतिविधिमाथि नै प्रश्न उठेको नेतन्याहुले बताए। रासस÷सिन्ह्वा