arrow

बैतडीमा नयाँ शक्तिद्वारा उम्मेदवारको टुङ्गो

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
Baitadi_District.png

बैतडी। नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ । 

मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रामनाथ योगी र सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ । 

यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा रघुवीरसिंह धामीलाई उम्मेदवार बनाउको नयाँ शक्ति पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद बडूले जानकारी दिनुभयो । बाँकी पाँचवटा तहमा एक हप्ताभित्र उम्मेदवारको टुङ्गो लगाइसक्ने उहाँले बताउनुभयो । 

नयाँ शक्तिले उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको जनाएको छ । 

आगामी जेठ १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निार्वाचनका लागि जिल्लामा नेपाली काँग्रेसले उम्मेदवार टुङ्गो लगाउन सकेको छैन भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाले उम्मेदवार टुङ्गो लगाइसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ