arrow

लिखु गाउँपालिका अध्यक्षको सराहनीय कार्यः तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
nuwakot-district.png

नुवाकोट । लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।  

नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताए ।

“दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,” अध्यक्ष श्रेष्ठले भने, “माध्यमिक तहसम्म पोसाक, स्टेसनरी, खाजा लगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।” 

गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसङ्ख्या छ ।
 
यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उनले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ