-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तुलसीपुर । असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुरुका नेपाली काँग्रेसले घरदैलो सुरु गरेको छ ।
नेपाली काग्रेसका उम्मेदवारहरुलाई जिताउने रणनीति अनुसार विभिन्न वडामा घर दैलो कार्यक्रम गरिएको नेपाली काग्रेस तुलसीपुर नगरले जनाएको छ ।
यसैबिच नगरको मुटु मानिने वार्ड नं ५ र ६ मा घैरदैलोलाई तिव्रता दिइएको छ ।
वडा नं ५ मा वडाका उम्मेदवार सहितको जनलहरले वजार क्षेत्रमा विहिवार घरदैलो गरेको छ ।
वडा अध्यक्षमा उम्मेदवार विरेन्द्र शाह सहितको टोलीले हजारौको सहभागितामा घरदैलो गरिएको नेपाली काग्रेस वडा इकाइ सभापति मदन धितालले जानकारी दिए ।
सो अवसरमा घरदैलो कार्यक्रममा सहभागि हुन सबै नेता कार्यकर्तालाई पनि आग्रह गरिएको छ ।
घरदैलो कार्यक्रम निकै प्रभावकारी भएको नेताहरुले बताएका छन् ।