मेस्सीको रोनाल्डो प्रेम,भन्छन् उनको क्षमताको कुरा गर्न पाउँदा खुसी लाग्छ
प्रकाशित २०७४ जेठ २५ बिहिबार
304
Shares
अर्जेन्टाइन स्टार तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले हालै एक अन्तरवार्तामा पोर्चुगिज स्टार तथा रियल मड्रिडका फरवार्ड किश्चियनो रोनाल्डोको खुलेर तारिफ गरेका छन्।
वेल्समा हालै सम्पन्न भएको च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडलाई उपाधि दिलाउनका लागि रोनाल्डोले खेलेको महत्वपुर्ण भुमिका बारे कुरा गर्दै मेस्सीले भने ‘ उनी एक अत्यन्तै प्रतिभाशाली तथा सफल खेलाडी हुन्।‘च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने क्रममा इटालियन महारथी क्लब युभेन्टसलाई ४-१ गोल अन्तरले निराश पार्दै रोनाल्डोले २ महत्वपुर्ण गोल गरेका थिए।
सन् २०१७ को बेलोन डे’ओर सम्भावित विजेताको रुपमा हेरिएका यी दुई खेलाडीबीच रहेको नकारात्मक सम्बन्धको विषयमा प्रष्ट पार्दै मेस्सी भन्छन्।
‘मिडियामा आए जस्तो वा हाम्रा फ्यानले बुझेजस्तो हामी बिचमा कुनै कटुता रहेको छैन ।
हामी दुबै जनाको प्रत्येक सिजनको लक्ष्य भनेको आफ्नो प्रदर्शनमा निखार ल्याउनुका साथै टोलीलाई उपाधि जिताउनु हो।यसका लागि हामीले हरेक पल अथक मेहनत गर्ने गर्दछौ । हाम्रोलागि अरुले बाहिरबाट के भन्छन त्यो होइन मैदानमा हामी आफ्नो टोलीका लागि कस्तो प्रदर्शन गर्छौ त्यो महत्वपुर्ण हुने गर्दछ।
टेनसेन्ट स्पोर्टसँग कुरा गर्दै उनि भन्छन् ‘रोनाल्डो एक अदभूत खेलाडी हुन ,उनले गरेको निरन्तर मेहनतले नै उनलाई हरेक वर्ष सफलतातर्फ डोहोर्याउदै लगेको छ।उनिमा भएको आत्मविश्वास, परिश्रम तथा उत्कृष्ट कौशलले नै हाल उनलाई विश्वका सफल खेलाडीको सुचीमा स्थापित गराएको छ।