नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको लर्को, बिहान ६ बजे देउवा निवासमा लाइन
बिहानीले दिनको संकेत, फोटोफिचर
प्रकाशित २०७४ जेठ २४ बुधबार
320
Shares
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिनेको लर्को लागेको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवालाई उनकै निवास बुढानीलकण्ठमा गई विभिन्न नेता तथा काँग्रेस कार्यकर्तादेखि सर्वसाधारणले बधाइ दिएका हुन् ।
बुधबार दिउँसो १ः४५ बजे सपथ ग्रहण गर्ने कार्यतालिका रहेकामा त्यसअघि देउवालाई उनको निवासमै बधाई दिने तथा आगामी कार्यकाल सफलताको शुभकामना दिनेको भीड लागेको हो ।
देउवा पारिवारिक स्रोतका अनुसार बिहान ६ बजेदेखि नै बुढानीलकण्ठ निवासमा सर्वसाधारणको लाइन लाग्न थालेको थियो ।
देउवा भने बिहान ८ बजेमात्र बधाइ लिन निस्किएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।
चौथो पटक प्रधानमन्त्री बनेका देउवाका काँधमा माघ ७ गतेभित्र तीन चरणको निर्वाचन गर्नुका साथै दलहरुलाई मिलाएर अगाडि बढ्नु पर्ने जिम्मेवारी छ ।