arrow

प्रधानमन्त्री निर्वाचित भएपछि देउवाले पत्रकारसँग के भने ?

अंग्रेजीमा सोध्नेलाई अंग्रेजीमै जवाफ

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
pm_deuba.jpg

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सबै भन्दा पहिलो प्राथमिकता संविधान कार्यान्वयन भएको बताएका छन् । प्रधानन्त्री निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफुले संसदमा सम्बोधन गर्दा ज बोले त्यही आफ्नो प्राथमिता भएको र संविधान कार्यान्वयन र सबै दलहरुसँगको सहकार्य मूख्य प्राथमिकता भएको बताए ।
अन्तर्राष्ट्रिय मिडिया आवद्ध पत्रकारलाई देउवाले अंग्रेजीमै प्रतिक्रिया दिए । देउवाले भने, ‘यो नेपालको लोकतन्त्रको सुन्दर पक्ष हो । अब नेपालले दुई छिमेकी भारत र चाइनासँग समदुरी राख्ने छ ।’ देउवाले थपे, ‘दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।’संविधानको सर्वस्वीकार्यता आफ्नो प्राथमिकता भएको देउवाले बताए ।   

देउवा अत्यधिक मतसहित मुलुको ४०औं प्रधानमन्त्री निर्वाचित भए । प्रधानमन्त्री चयनका लागि मंगलबार संसदमा भएको मतदानमा देउवाको पक्षमा ३ सय ८८ मत र विपक्षमा एक सय ७० मत रहयो । मत विभाजन गर्दा ५ सय ५८ जना सांसद उपस्थित थिए । हाल संसदमा ५९३ जना सांसद छन् ।

यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका देउवा गणतन्त्र आएपछि भने पहिलो पटक प्रधानमन्त्री बनेका हुन् । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल देउवाको प्रस्तावक रहे भने, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, प्रेमबहादुर सिंह, जयदेव जोशी लगायत समर्थक रहे । प्रधानमन्त्री निर्वाचन अघि आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै देउवाले आफ्ना ३–४ वटा मूख्य प्राथमिता रहेको सुनाए । उनले तीन तहको निर्वाचन, संविधान कार्यान्वयन, मधेस केन्द्रीत दललाई निर्वाचनमा ल्याउने, आर्थिक सुधार र पूर्वाधार विकास आफुना प्राथिमकता भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ