arrow

ओलीलाई देउवाले फर्काए जवाफ : हामीलाई राष्ट्रियताको पाठ सिकाउनु पर्दैन

राष्ट्रियता हाम्रो पार्टीको आदर्श नै हो

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
deuba_g.JPG

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुलाई कसैले राष्ट्रियताको पाठ सिकाउनु नपर्ने बताएका छन् ।

व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफहरुलाई राष्ट्रियताको पाठ सिकाउनु नपर्ने बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले राखेका भनाईतर्फ संकेत गर्दै सभापति देउवाले भने, ‘राष्ट्रियताको मुद्दा चर्को रुपमा उठ्यो । राष्ट्रियता हाम्रो पार्टीको आदर्श नै हो । काँग्रेसले राष्ट्रियता र पहिचानको मुद्दामा कसैसँग सम्झौता गर्न सक्दैन ।’

राष्ट्रियता र पहिचान हाम्रै आदर्श हो, देउवाले भने, ‘प्रजातान्त्रिक समाजवादमा गएर सामाजिक रुपान्तरण गर्ने हाम्रो अर्को आदर्श हो ।’ राष्ट्रियताको पाठ कसैले सिकाउनु पर्दैन ।

यस्तै, सभापति देउवाले गिरिजाप्रसाद कोइरालाकै पालामा सुरु भएको हुलाकी मार्ग एमाले सरकारले अघि बढाएकामा धन्यवाद दिए । एमालेले राष्ट्रिय जागरण अभियान चलाउँदा सप्तरीमा गोली चलेको घटनालाई सम्झदै देउवाले भने, ‘मैले सुनेको एमालेकै नेताहरुको सुरक्षाका लागि प्रहरीले गोलि चलाएको हो । उहाँहरुको सुक्षा गर्ने पुलिसलाई गाली गरेको सुहाएन ।’

यस्तै, देउवाले अवका तीन वटा निर्वाचन गर्न काँग्रेस प्रतिवद्ध रहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक–पटक धन्यवाद दिए । उनले भने, ‘प्रतिकुल अवस्थाका बाबजुद पनि धेरै ठूलो काम गर्नु भयो । प्रचण्ड जी उदाहरण बन्नु भएको छ ।’ प्रधानमन्त्रीलाई धन्यवाद दिनै पर्छ । प्रचण्ड जीले इमान्दारीसाथ राजीनामा गर्नु भो चिन्ता गर्नु भो वडा खुशी लागेको छ, देउवाले भने, ‘यस्तै चिन्ता फेरि पनि गरिरहनु होला ।’
सुरुपमा देउवाले कहाँबाट सुरु गर्ने भन्ने समस्या भएको भन्दै भरतपुरको मतगणना विवादको विषयबाट बोल्न सुरु गरे । देउवाले भने, ‘निर्वाचन आयोग संविधान अनुरुप बनेको हो । निर्वाचन आयोगको निर्णय सबैले मान्नै पर्छ ।’ अदालतमा जान पाइन्छ । अदालतको विषयमा केही भन्न चाहन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ