arrow

सूर्यगढी गाउँपालिकामा कांग्रेसको दुईतिहाइ बहुमत ! एमाले क्लीनस्वीपबाट जोगियो

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
suryagadhi.jpg

नुवाकोट । स्थानीय तहको निर्वाचनमा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसले प्रष्ट बहुमत ल्याएको छ । ५ वडा रहेको उक्त गाउपालिकामा जम्मा २७ पदको लागि निर्वाचन भएको थियो । 

जसमा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडा नम्बर २,३ र ४ को वडा अध्यक्षसहित १९ स्थान हात पारेको छ । 

वडा नम्बर २ मा बासुदेव अधिकारी वडा नम्बर ३ मा ऋषिबहादुर पौडेल र वडा नम्बर ४ मा रामकुमार गिरि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।  

माओवादी केन्द्रले वडा नम्बर १ मा प्यानल नै र वडा नम्बर ५ मा वडासहित ६ स्थान जितेको छ ।

वडा नम्बर १ मा इमान सिंह तामाङ र वडा नम्बर ५ मा भैरवबहादुर अधिकारी निर्वाचन भएका हुन् ।

एमाले भने वडा नम्बर ३ मा २ जना सदस्य मा चित्त बुझाउन परेको छ। 

गाउँकार्यपालिकामा भएको पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसको पुरै सिट बिजय भएको छ । 

अल्पसंख्यक र दलितमा सन्तबहादुर घर्ती र दिपक परियार,  महिलामा कल्पना सुचिकार, लक्ष्मी सुनार, मेनका भट्टराई र सीताकुमारी नेपाली निर्वाचित भएका छन् ।

कार्यपालिकामा १३ सिटमा ११ सिट कांग्रेस रहेको छ । यो दुई तिहाइ भन्दा बढी हो ।

कांग्रेस नेता रामजी पौडेलले ‘यो जनमत नेपाली कांग्रेसले बिगतमा गरेको कामको परिणाम र आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्वप्रतिको जन विस्वास हो’ भने । 

 सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तबहादुर घले अध्यक्ष निर्वाचित भएका हुन् । 

सन्तले निकटतम प्रतिस्पर्धामा रहेकी एमाले जिल्ला नेत्री बिन्दा ढुंगानालाई  ९ सय मतको फराकिलो अन्तर पराजित गरेका थिए । 
 
यसैगरी उपाध्यक्षमा कांग्रेसकी मन्जु बुढाथोकीले एमाले जिल्ला सदस्य घकुमारी लामालाई ८ सय मतको अन्तरले पराजित गर्दै  बिजय भएकी हुन् । 

उत्तm गाउँपालिकामा माओवादी केन्द्रबाट  जिल्ला सेक्रेटरी एबम केन्द्रिय सदस्य पुस्प लामिछाने अध्यक्षमा र कोपिला गुरुङ उपाध्यक्षको प्रतिस्पर्धी रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ