सूर्यगढी गाउँपालिकामा कांग्रेसको दुईतिहाइ बहुमत ! एमाले क्लीनस्वीपबाट जोगियो
प्रकाशित २०७४ जेठ २३ मंगलबार
194
Shares
नुवाकोट । स्थानीय तहको निर्वाचनमा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसले प्रष्ट बहुमत ल्याएको छ । ५ वडा रहेको उक्त गाउपालिकामा जम्मा २७ पदको लागि निर्वाचन भएको थियो ।
जसमा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडा नम्बर २,३ र ४ को वडा अध्यक्षसहित १९ स्थान हात पारेको छ ।
वडा नम्बर २ मा बासुदेव अधिकारी वडा नम्बर ३ मा ऋषिबहादुर पौडेल र वडा नम्बर ४ मा रामकुमार गिरि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रले वडा नम्बर १ मा प्यानल नै र वडा नम्बर ५ मा वडासहित ६ स्थान जितेको छ ।
वडा नम्बर १ मा इमान सिंह तामाङ र वडा नम्बर ५ मा भैरवबहादुर अधिकारी निर्वाचन भएका हुन् ।
एमाले भने वडा नम्बर ३ मा २ जना सदस्य मा चित्त बुझाउन परेको छ।
गाउँकार्यपालिकामा भएको पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसको पुरै सिट बिजय भएको छ ।
अल्पसंख्यक र दलितमा सन्तबहादुर घर्ती र दिपक परियार, महिलामा कल्पना सुचिकार, लक्ष्मी सुनार, मेनका भट्टराई र सीताकुमारी नेपाली निर्वाचित भएका छन् ।
कार्यपालिकामा १३ सिटमा ११ सिट कांग्रेस रहेको छ । यो दुई तिहाइ भन्दा बढी हो ।
कांग्रेस नेता रामजी पौडेलले ‘यो जनमत नेपाली कांग्रेसले बिगतमा गरेको कामको परिणाम र आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्वप्रतिको जन विस्वास हो’ भने ।
सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तबहादुर घले अध्यक्ष निर्वाचित भएका हुन् ।
सन्तले निकटतम प्रतिस्पर्धामा रहेकी एमाले जिल्ला नेत्री बिन्दा ढुंगानालाई ९ सय मतको फराकिलो अन्तर पराजित गरेका थिए ।
यसैगरी उपाध्यक्षमा कांग्रेसकी मन्जु बुढाथोकीले एमाले जिल्ला सदस्य घकुमारी लामालाई ८ सय मतको अन्तरले पराजित गर्दै बिजय भएकी हुन् ।
उत्तm गाउँपालिकामा माओवादी केन्द्रबाट जिल्ला सेक्रेटरी एबम केन्द्रिय सदस्य पुस्प लामिछाने अध्यक्षमा र कोपिला गुरुङ उपाध्यक्षको प्रतिस्पर्धी रहेका थिए ।