arrow

ज्येष्ठ नागरिकद्वारा जनप्रतिनिधिको स्वागत

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
baglung_district.png

बागलुङ । ज्येष्ठ नागरिक जिल्ला सङ्घ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई स्वागत गरेको छ । 

आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वडा नं ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । 

सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध सहर बनाउने सङ्कल्प गरे । 

चुनावका बेला गरेका प्रतिबद्धतालाई पूरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताए । 

उनले ज्येष्ठ नागरिकका पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरे । 

उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिबद्धता व्यक्त गरे । 

सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको उनको भनाइ छ । 

वडा अध्यक्ष बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थाका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गरे । 

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापालगायतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ