arrow

पुनःमतदान गराउने निर्णय बदर गर्न सर्वोच्चमा निवेदन

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
supreme-court-nepal.jpg.jpeg

काठमाडौं। सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दिइएको छ।

आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले पुनःमतदान गर्ने निर्णय बदर गर्न माग गर्दै निवेदन दायर गरेको हो।

निवेदनमा भनिएको छ, “नष्ट भएका भनिएका ९० मतलाई वदर मतको सूचीमा राखी मतगणना कार्य गर्नु गराउनु र पुनःमतदान गर्ने निर्णय बदर गर्नू, गराउनू।”

आयोगको निर्णय गैरकानुनी, विधिको शासन विपरीत, निर्वाचन स्वतन्त्रता, निष्पक्षता, तथस्तताकै विपरीत स्वेच्छाचारी र दुराशययुक्त रहेको निवेदनमा उल्लेख छ। आयोगले शनिबार विवादित उक्त वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो। सोविरुद्ध अदालतमा आज निवेदन दर्ता गरिएको हो।

सो महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका अवस्थामा यही जेठ १४ गते राति ९० मतपत्र च्यातिएकाले मतगणना रोकिएपछि आयोगको टोलीले अध्ययन गरेको थियो। सो विषयमा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)ले पुन निर्वाचन गर्नुपर्ने तथा प्रतिपक्षी नेकपा (एमाले) ले बाँकी मतगणना गर्न माग गर्दै आएका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ