प्रम कप क्रिकेट: मध्यमाञ्चल बिरुद्द एपीएफको शानदार जीत
प्रकाशित २०७४ जेठ २० शनिबार
234
Shares
प्रम कप क्रिकेट अन्तर्गत आज भएको एपिएफ र मध्यमाञ्चल विकाश क्षेत्र बिचको खेलमा एपिएफ ६ विकेटले विजयी भएको छ।
किर्तिपुर खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले ४८.३ ओभरमा सबै विकेट गुमाउदै १ सय ८७ रनमा समेटिएको थियो। उसका लागि हसिम अन्सारीले नायकीय पारी खेले। प्रतियोगिताको पहिलो शतक प्रहार गरेका उनले १ सय २४ बलको सामना गर्दे १२ चौका र १ छक्काको मद्दतले १ सय १ रन बनाए। मध्यमाञ्चलका लागि सोमु तामाङ्गले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।
मध्यामाञ्चलको ब्याटिङ धरासायी बनाउने क्रममा खेलका 'म्यान अफ दि म्याच' रहेका एपिएफका कप्तान ज्ञानेन्द्र मल्लले ४ विकेट लिए भने भुवन कार्की तथा अभिनास बोहराले समान २-२ विकेट लिएका थिए।
१ सय ८८ रनको बिजयी रनको लक्ष्य सहित जबाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको एपिएफले ३४ ओभरमा ४ विकेट गुमाउदै १ सय ८८ बनाउदै विजयी लक्ष्य भेट्टाएको थियो।उसका लागि आलम शाहले अविजित ७८ रनको योगदान गरेका थिए। साथै सन्दिप सुनारले ४१,ज्ञानेन्द्र मल्लले २८ तथा आसिफ शेखले २२ रन बनाएका थिए।
बलिङमा मध्यमाञ्चलको प्रदर्शन फिक्का रह्यो। उसका लागि सशी केशरीले ३ विकेट लिनु बाहेक अन्य खेलाडी विकेट विहिन भए।