घोराही । नेकपा एमाले दाङले आउँदो असार १४ गते हुन लागि रहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आफ्ना सबै उम्मेदवारहरु सार्वजनिक गरेको छ । एमाले केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीका अनुसार पार्टीको तर्फबाट सबै ठाउँमा उमेदवार छनौंट गरिएको भएपनि केही ठाउँमा भने तालमेलको कुरा भइरहेकाले उमदेवारको नाम फरक हुन सक्ने जानकारी दिए ।
एमाले दाङले जिल्लैभरी चर्चित अनुहारहरुलाई अगाडि बढाएको छ । राजनीतिक, सामाजिक क्षेत्रमा लामो अनुभव संगालेका हस्तीहरुलाई एमालेले घोराही उपमहानगरपालिकाको उमेदवार बनाएकाले राम्रो माहोल आउने एमाले नेताहरुको विश्वास छ ।
एमाले दाङले स्थानीय तहको निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरीलाई अगाडि बढाएको छ । चौधरी एमाले दाङका पूर्व अध्यक्ष पनि हुन् । लामो समयदेखि राजनीति र समाजसेवामा लागेका चौधरी एमालेमा राम्रो नेताका रुपमा समेत परिचित छन् । उनी हाल एमाले प्रदेश नम्वर ५ को सदस्य समेत छन् । यसैगरी एमालेले उपमेयरमा चर्चित महिला नेतृ सीता न्यौपानेलाई अगाडि सार्न लागेको छ । घोराहीको भरतपुर निवासी न्यौपाने एमालेको जिल्ला र अञ्चल कमटिीमा रहेर काम समेत गरि सकेका छन् । इमान्दार छबीकारुपमा पार्टीभित्र आफूलाई स्थापित बनाउन सफल न्यौपाने विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशिल छन् ।
यसैगरी, एमालेले यस पटक वडा अध्यक्ष र सदस्यकारुपमा विभिन्न चर्चित अनुहारहरुलाई अगाडि सारेको छ । मेयर र उपमेयरमा चर्चा चलेका चर्चित अनुहारहरु विवेक श्रेष्ठ, कैलाश रोका, भरत अर्याल, लक्षिण बुढा, सुदन केसीहरु पनि विभिन्न वडाको अध्यक्षमा एमालेको तर्फबाट निर्वाचन भिड्दैछन् । एमालेले घोराहीको वडा नम्वर १ मा अध्यक्षका लागि राममणि पाण्डे, महिला सदस्यमा टोपाकुमारी पौडेल, दलित महिला सदस्यमा जिवा सुनार, खुल्ला सदस्यतर्फ मदन न्यौपाने र छविलाल घर्ती, २ को अध्यक्षमा केशव आचार्य, मसमा यमी पुन, दमसमा हिमा देबी बिक र खुल्ला सदस्यमा टार्जन खड्का र गिरबहादुर केसी, २ मा अध्यक्षमा शालिकराम थापा, मसमा जानका चौधरी, दमसमा नारायणी विक, खुल्ला सदस्यमा रामबहादुर बुढा र रामप्रसाद चौधरी, ४ को अध्यक्षमा मा भीमबहादुर सार्की, मसमा रचनी चौधरी, दमसमा लिला गोतामे, खुल्लातर्फ शशिधर पन्त र भीमबहादुर कवरलाई चयन गरिएको छ ।
यसैगरी वडा नम्वर ५ को अध्यक्षमा विवेक बुढाथोकी, महिला सदस्यमा बसन्ती महरा, दलित महिला सदस्यमा पुष्मा नेपाली, खुल्लातर्फ विष्णु बिक र अमित शर्मा, ६ को अध्यक्षमा थुरेन्द्रबहादुर वली, महिला सदस्यमा बसन्ती चौधरी, दलित महिला सदस्यमा अनिता नेपाली, खुल्लातर्फ अविन चौधरी र लौटन चौधरी, ७ को अध्यक्षमा खोपीराम चौधरी, मसमा सशीला चौधरी, दलित महिला सदस्यमा गोमा नेपाली, खुल्लातर्फ छन्दबहादुर केसी र दीपक चौधरी, ८ को अध्यक्षमा कृष्णबहादुर चौधरी, महिला सदस्यमा सीता शाह, दलित महिला सदस्य दुर्गा सार्की, खुल्लातर्फ चौधरी चौधरी र दामोदर डाँगी चयन भएका छन् ।
यसैगरी, वडा नम्वर ९ को वडा अध्यक्षमा मानबहादुर बस्नेत, मसमा सस्मोती चौधरी, दमसमा लक्ष्मी हरिजंग, खुल्लातर्फ सिरामराम वली र मधुमति गौतम, १० को अध्यक्षमा सुदन केसी, महिला सदस्यमा चुमा चौधरी, दलित महिला सदस्यमा अमृता नेपाली, खुल्लातर्फ लालमणि चौधरी र काशीराम खनाल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै एमालेले घोराही उपमहानगरपालिकाको वडा नम्वर ११ को अध्यक्षमा कुलबहादुर लामीछाने, महिला सदस्यमा मालिमैया चौधरी, दलित महिला सदस्यमा विमला गन्धर्व, खुल्लातर्फ चित्रबहादुर डाँगी र ज्ञानेन्द्रबहादुर बस्नेत, १२ को अध्यक्षमा दोर्ण बहकरी, महिला सदस्यमा हरिमाया गौतम, दलित महिला सदस्यमा शान्ता विक, खुल्लातर्फ पुष्पा बिक र जयाबहादुर बुढा, १३ को अध्यक्षमा रबीलाल घर्ती, महिला सदस्यामामा तिलकुमारी बुढा, दलित महिला सदस्यमा पवित्रा बिक, खुल्लातर्फ तिलक बुढामगर र केशव गिरीलाई चयन गरेको छ ।
घोराही उपमहानगरपालिकाको बजारक्षेत्र रहेको वडा नम्वर १४ मा एमालेले वडा अध्यक्षका लागि कैलाश रोका मगर, महिला सदस्यमा रुपा वली, दलित महिला सदस्यमा पम्फा नेपाली, खुल्ला सदस्यतर्फ आदित्य गौतम र टोपबहादुर घर्ती क्षेत्रीलाई निर्वाचनका लागि अगाडि सारेको छ ।
यसैगरी बजार क्षेत्र वडा नम्वर १५ मा अध्यक्षका लागि बुद्धि पौड्याल, महिला सदस्यमा देबीसरा केसी, दलित महिला सदस्यमा मालति सोनाम, खुल्लातर्फ पदम पौड्याल र नवराज न्यौपानेलाई अगाडि सारेको छ । वडा नम्वर १६ मा अध्यक्षका लागि लक्षिणप्रसाद बुढा मगर, महिला सदस्यमा खिमा घर्ती, दलित महिला सदस्यमा निमकुमारी नेपाली, खुल्लातर्फ मङ्गल चौधरी र जगत श्रेष्ठ, १७ मा अध्यक्षमा विवेक श्रेष्ठ, महिला सदस्यमा किरण चौधरी, दलित महिला सदस्यमा रिता नेपाली र खुल्लातर्फ दिपक चौधरी र विमल जैसी, १८ को अध्यक्षमा भरत अर्याल, महिला सदस्यमा लहिया चौधरी, दलित महिला सदस्यमा दिपा नेपाली, खुल्लातर्फ कृष्णबहादुर घर्ती र बुद्धिप्रसाद चौधरी, १९ वडाको अध्यक्षमा हर्कबहादुर घर्ती, महिला सदस्यमा जानका पुन, दलित महिला सदस्यमा बेलमति कामी, खुल्लातर्फ टंका रोका र शशीराम गिरीलाई निर्वाचनका लागि एमालेले चयन गरेको छ ।