arrow

कुश्मा र फलेवास नगर कार्यपालिकामा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
cpnuml.jpeg

फलेवास । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । 

बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानलसहित विजयी भएको हो । 

तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहनुभएको छ । त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल रहेका छन् । 

उक्त नगरपालिकाका १४ वटा वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएको थियो । कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र काँग्रेसको प्यानलमा ३५ मत खसेका थिए । 

योसँगै नगर कार्यपालिकामा एमालेका १७ र नेपाली काँग्रेसका सातजना रहने भएका छन् । 

स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेका रामचन्द्र जोशी र उपप्रमुखमा पनि काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी भएका थिए । 

फलेवासमा पनि एमाले 

पर्वतको फलेवास नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेकपा एमाले विजयी भएको छ । 

तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो । 

कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहेका छन् । 

तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार रहेका छन् ।  

उनीहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पदभार ग्रहण गराए । 

फलेवास नगरमा २१ सदस्यीय नगर कार्यपालिका गठन भएको हो । 

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कार्यपालिका, वडा अध्यक्षसहित सदस्यमा निवाचित जनप्रतिनिधीलाई विकास निर्माणमा कटिबद्ध रहेर काम गर्न निर्देशन दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ