-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमजुङ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँकार्यपालिका सदस्यमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
महिला सदस्यमा नेकपा माओवादी केन्द्रका अनिता विक र नेकपा एमालेबाट चौतरी तामाङ, डिलकुमारी थापा र पारकाशी गुरुङ निर्वाचित भएका हुन् ।
यस्तै, दलित वा अल्पसङ्ख्यकबाट नेकपा माआवादी केन्द्रका कृष्णबहादुर विक र नेकपा एमालेका नन्दराम विक निर्वाचित भएका छन् ।
उम्मेदवार मनोनयनका क्रममा नेपाली काँग्रेसलगायत अन्य पार्टीले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचन अधिकृतले छजनालाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् ।
जिल्लाका अन्य स्थानीय तहमा शुक्रबार कार्यपालिका सदस्यका लागि निर्वाचन हुँदैछ ।