arrow

झापामा कांग्रेसले टुङग्यायो उम्मेदवारी

logo
सुशिला संग्रौला,
प्रकाशित २०७४ जेठ १८ बिहिबार
Jhapa_District.png

बिर्तामोड । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचनका लागि झापाका ८ वटा नगरपालिका र ७ वटै गाउँ पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।

झापा कांग्रेसमा केही नगरपालिका र गाउँपालिकामा भने यसअघि नै उम्मेदवारी चयन भएको र केही नगर र गाउँपालिकामा भने विवादका कारण उम्मेद्वारी छान्न समस्या परेकापछि उम्मेद्वार छनौटका लागि केन्द्रमा पठइएको र केन्द्रबाटै नाम अनुमोदन गर्ने भएकाले ढिला भएको बताइएको छ  ।

नेपाली कांग्रेस केन्द्रीय समितिले छनौट गरी उम्मेद्वारको  नाम सार्वजनिक गरेको छ । जसमा मेची नगरनगरपालिकाको मेयरमा बिमल आचार्य र उपमेयरमा दुर्गादेवी खतिवडा, अर्जुनधारा नगरपालिका मेयरमा हेमराज खरेल र सरस्वती सिटौला (गोले), कनकाई नगरपालिकाको मेयरमा एकराज उप्रेती र उपमेयरमा कविता बस्नेतको नाम सार्वजनिक गरेको छ । त्यस्तै शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना र उपमेयरमा जयकुमारी चेम्जोङको  नाम चयन भएको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

यता केन्द्रबाट अनुमोदन भएर आएका गाउँपालिकाहरुमा बुद्धशान्ति गाउँ पालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा चन्द्रकला भट्टराई रहेका छन् । त्यस्तै बारदशी गाउँपालिको अध्यक्षमा खड्गप्रसाद राजवंशी र उपाध्यक्षमा रत्ना राजवंशी रहेका छन्  

त्यस्तै  जिल्ला पार्टी कार्यालयबाट अनुमोदन भई यसअघि नै बिर्तामोड नगरपालिकाको मेयरमा जलकुमार गुरुङ, उपमेयरमा पार्वता गिरी, भद्रपुर नगरपालिकाको मेयरमा गणेश पोखरेल  र उपमेयरमा तारा भुर्तेल रहेका छन् । दमक नगरपालिकाको मेयरमा ढुण्डिराज   भण्डारी र उपमेयरमा रेगिना भट्टराई र गौरादह नगरपालिकाको मेयरमा  रोहितकुमार शाह रहेका छन् भने उपमेयरमा सुमित्रा खरेल ढुंगेललाई भने केन्द्रले उम्मेदवार बनाएको छ ।  

साथै झापाका सातवटा गाउँपालिका मध्ये कचनकवल गाउँपालिकाबाट अध्यक्षमा कालेन्द्र राजवंशी र उपाध्यक्षमा सिता ओढारी (खरेल), गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र दिपेन्द्र  थापा रहेका छन् ।  कमल गाउँपालिकाको अध्यक्षमा  हुकुमसिंह राई र उपाध्यक्षमा दिपा गौतम, र झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्षमा बसुन्धरा थपलिया, हल्दिवारी गाउँपालिकाको अध्यक्षमा दिलीप मावो र उपाध्यक्षमा चन्द्रकला राई  जिल्लाबाट अनुमोदन भइसकेको पार्टी कार्यालय सचिव दाहालले जानकारी दिए ।

यता नेकपा एमालेले भने १५वटा स्थानीय तहमध्ये १३ वटाको टुङ्गो लगाएपनि दुईवटा नगरपालिकाले भने अझै टुङ्गो लगाउन सकेको छैन । झापाको व्यापारिक केन्द्र मानिएका दुईवटा नगर बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको विवाद चुलिएपछि केन्द्रीय कमिटीमा पुगेका एमाले स्रोतले बताएका छन् ।त्यस्तै झापामा नेकपा माओवादी केन्द्र र राप्रपा ले भने सबै नगर र गाउँका १५ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ