arrow

सहिद बुबाको सपना पूरा गर्न छोरीले दिइन् काँग्रेसबाट उम्मेदवारी

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
congress-flag2.jpg

रामपुर (पाल्पा)। प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलनमा होमिदा सेनाको गोली लागेर २०४६ साल फागुन १६ गते सूर्यप्रसाद घिमिरेको मृत्युवरण भयो । 

देश र जनताका लागि लड्दै गर्दा अल्पायुमै सहिद बनेका घिमिरेको सपना पूरा गर्न उहाँकै छोरी विष्णुदेवी घिमिरे आचार्यले नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् ।  

सहिदको सपना पूरा गर्ने अठोटका साथ निर्वाचनमा होमिनुभएकी उहाँको उम्मेदवारी पार्टीले सार्वजनिक गरेपछि स्थानीय तहको निर्वाचनलाई आमनगरवासीले चासोका रुपमा लिन थालेका छन् । 

आफ्ना बाबुको देश र जनताप्रतिको बलिदानलाई पुनः ब्यूँताउन र इतिहासको पाना कोर्ने सङ्कल्पका साथ आफूले उम्मेदवारी दिएको उनले बताइन् ।  
उपप्रमुख पदको उम्मेदवारका रुपमा निर्वाचनको माहोलमा निस्किएकी घिमिरेले रामपुर नगरपालिकामा सहिद सूर्यप्रसाद घिमिरेको सालिक र वृद्धाश्रम स्थापना, अपाङ्गका लागि आश्रमस्थल स्थापना गर्ने योजनालाई पहिलो प्राथमिकता राखेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ