arrow

किस्पाङ गाउँपालिकाको कार्यपालिकामा सबै काँग्रेस 

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
nuwakot-district.png

नुवाकोट । किस्पाङ गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्वाचित भएका छन् । 

नेपाली काँग्रेसको वर्चस्व भएकाले कार्यपालिकामा चयन हुने ६ जना काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

कार्यपालिकाको सदस्यका लागि निर्वाचित महिला सदस्यबाट वडा नं ५ का पोटी तामाङ र सीता सुनार, ३ का फुलमाँया तामाङ र २ का सुनिता परियार निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए । 

दलिततर्फ वडा नंं १ का अर्जुन विश्वकर्मा र अल्पसङ्ख्यकतर्फ वडा नं ४ का कृष्णमान घले निर्वाचित भए । 

महिला, दलित र अल्पसङ्ख्यक प्रतिनिधित्व सुनिश्चित भएसँगै किस्पाङ गाउँपालिकाको कार्यपालिका र गाँउसभाले पूर्णता पाएको छ । 

किस्पाङको कार्यपालिकामा १३ सदस्य र गाउँसभामा २९ सदस्य रहेका छन् । 

नुवाकोटमा कायम रहेका १२ स्थानीय तहमध्ये मेघाङ र तादीमा यसअघि नै गठन भइसकेको छ । 

बाँकी नौ स्थानीय तहमा उम्मेदवारी दर्तापश्चात् मतदान तालिका सार्वजनिक गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ