arrow

मतपत्र च्यातिएको वडामा फेरि मतदान गर्न काँग्रेसको माग 

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
Congress_press_release.jpg

काठमाडौं । नेपाली काँग्रेस चितवनले आईतबार राती भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनाको क्रममा भएको घटनाप्रति खेद व्यक्त गरेको छ । काँग्रेसका जिल्ला सभापति जीत नारायण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा सो वडामा नेपाली काँग्रेसका उम्मेदवारको जीत सुनिश्चित रहेको देखेर गरिएको षड्यन्त्र भन्दै सो वडामा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान गर्न माग गरिएको छ । 

सोमबार भएको सो घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भईरहेको छ । विज्ञप्तीमा निर्वाचन मतगणनास्थलबाटै निर्वाचन मतपत्र च्यात्ने कार्य खेदजनक रहेको भन्दै यस्ता गतिविधिमा संलग्नहरुलाई कारबाही गर्न पनि चितवन काँग्रेसले माग गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ