arrow

निर्वाचन व्यवस्थित बनाउन सर्वदलीय छलफल

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ जेठ १४ आइतबार
Morang_District.png

विराटनगर। जेठ ३१ गते हुन लागेको स्थानीयतहको निर्वाचन  स्वतन्त्र, निष्पच्छ, एंव भयरहित वातवरणमा सम्पन्नगर्न उदेश्यले विराटनगरमा आज सर्वदलिय भेला आयोजना गरिएको छ। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा आयोजनामा भएको  राजनीतिक दल सम्मिलित भेलाले निर्वाचन व्यवस् बनाउन १० वुदे निर्णय समेत गरेको छ। 

दलहरुले निर्वाचनको क्रममा अप्ठयारो अवस्था सृजना भए त्यसको तत्काल समाधानकालागि सवैदल सम्मिलित जिल्ला स्तरीय  संयन्त्रण निर्माण गर्न दलहरु सहमत भएका छन्। मतगणना कार्यलाई छिटो छरितो रुपमा सम्पन्न गर्न तथा स्थानीयतहको निर्वाचनपछि हुने गाँउ तथा नगर कार्यपालिकाको निर्वाचन गराउने विषयमा मोरङ जिल्लामा रहेको सवै निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर अघि बढ्नेबारे भेलामा छलफल भएको थियो।

यसैगरी, निर्वाचन आचार सहिता पूर्ण रुपले कार्यान्वयगर्ने दलहरुबीच सहमती भएको छ। कार्यक्रममा बोल्दै मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले  दलहरु आफैँले आचार संहिता निर्माण गरेकाले त्यसको सहिरुपले कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 

यसैगरी क्षेत्रीय निर्वाचन अधिकृत मोरङ जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए। मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आचार संहितका कार्यान्वयमा आइ सकेकाले तत्काल कुनै पनि विकासका कार्य अगाडि नवढाउन सम्वन्धित कार्यालयलाई निर्देशन दिए। उनले निर्वाचनका लागि दमकल, एम्वुलेन्स तथा स्काइवेटर जस्ता साधनहरुलाई तयारी अवस्थामा राख्न निर्वाचन अधिकृतहरुलाई निर्देशन समेत दिए। 

मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्दिप भण्डारीले निर्वाचनलाई लक्षितगर्दै मोरङ जिल्लामा ठुलो शख्यामा नेपाल प्रहरी थप गर्न लागिएको जानकारी गराए।  स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय मोरङमा ३५ वटा दल दर्ता भएका छन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ