arrow

चाँगुनारायणमा काँग्रेसको अग्रता, वडा नं ५ मा काँग्रेस विजयी

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
changunarayan_municipal.png

भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ । 

आइतबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी भएका छन् । 

खड्काले एक हजार ६४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गरे । 

विजयी हुनेहरुमा नेपाली काँग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरे । 

नगर प्रमुखमा काँग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिएका छन् । उपप्रमुखमा पनि काँग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिएकी छिन् ।  

निकटतम प्रतिद्वन्द्वीे नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ