राप्रपाले केन्द्रीय सदस्यलाई चुनावका लागि जिल्लामा खटाउने
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
410
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो निर्वाचनलाई दृष्टिगत गरी यही जेठ १५ गतेभित्र चुनाव हुन बाँकी विभिन्न ४१ जिल्लामा सम्बन्धित केन्द्रीय सदस्यलाई खटाउन निर्देशन गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा पार्टीलाई सफलता दिलाउने उद्देश्यले ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य रुपले आआफ्नो जिल्लामा रहेर चुनावी सभा, प्रचार प्रसारमा क्रियाशील रहन पार्टीले निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
कार्यकर्ता भेलामा सहभागीका वैचारिक सुझावका आधारमा चुनावमा सफलता प्राप्त गर्नका लागि आवश्यक रणनीति तयार पारिनेछ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीका अनुसार चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिइएको छ ।