arrow

झापाको मेची नगरको मेयरमा कुन पाटीको कसले बाजी मार्ला ?

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
Mechinagar_Nagarpalika.png

झापा । पहिलो चरणको निर्वाचन सकिए लगत्तै झापामा पनि चुनाबी माहोल हवात्तै बढेको छ । कतिपय नगरपालिकामा र गाउँपालिकामा उम्मेदवारहरुको टुङ्गो लगाइसकिएको छ । कतिपय नगरपालिका र गाउँपालिकामा अझै उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको छ । तर पनि गाउँ गाउँमा उम्मेदवारका आंकाक्षीहरु कम्मर कसेर भोट माग्दै मतदाताको घरदैलोमा नै पुगिरहेका छन् ।

झापाको मेची नगरमा पनि चुनावी माहोल हवात्तै बढेको स्थानीयहरु बताउदछन । यो नगरमा मुख्य गरेर कांग्रेस र एमाले बिचमा नै प्रतिस्पर्धा हुने बताइन्छ, भने माओवादी र राप्रपाले पछ्याउने अनुमान गरिएको छ ।  बाहुनडाँगी, धाइजन, ज्यामिरगढी, र दुवागढी गाबिस मिलेर बनेको मेची नगरमा करिव ७५ हजार मतदाता रहेका छन् ।

केही पाटीहरुले उम्मेदवार टुङ्गाइसकेका छन भने कांग्रेस र एमालेले मेची नगरको मेयरमा उम्मेदवार टुङ्गाउन सकेको छैनन । एक दुई दिनमा नै उम्मेदवार टुग्याउने गरी लागिपरेका छन् । कांग्रेसबाट उम्मेदवारको मुख्य आकांक्षीमा बिमल आचार्य र पंकज नेम्वाङ देखिएका छन भने मणी उप्रेतीको पनि चर्चा छ । आचार्य महासमिति सदस्य हुन् । उनी पुराना कार्यकर्ता हुन् ।

त्यसैगरी पंकज नेम्वाङ बिभिन्न सामाजिक कार्यमा काम गर्दै आएका युवा हुन् । हाल मेची उद्योग बाणिज्य संघको अध्यक्ष समेत रहेका उनी बिभिन्न संघ, संस्थाका काम गरेर राम्रो छबि बनाएका कांग्रेसका युवा नेता हुन् । पाटीको महाधिवेशन प्रतिनिधि समेत रहेका कांग्रेसका युवा नेता नेम्वाङलाई युवा तथा धेरै संघ संस्था र जनजातिहरुको साथ रहने हुदाँ कांग्रेसका संम्भावित उम्मेदवारमा उनी दह्रा उम्मेदवारको रुपमा हेरिएको छ । मेची नगरमा जनजातिको समेत बसोबास उल्लेख्य रहेको छ । अर्का आंकाक्षीको रुमपा रहेका मणि उप्रेती पनि हालको झापा क्षेत्र न १ सभापति हुन् । कार्यकर्ता बिचमा पपुलर भए पनि मतदाताको बिचमा धेरै काम गर्न सकेका छैनन् ।

मेची नगरको मेयरमा एमालेबाट भने गोपाल बुढाथोकी र बिष्णु प्रसाईको नाम चर्चामा रहेको छ । बुढाथोकी भन्दा प्रसाईले टिकट पाउने सम्भावना बढी रहेको बताइन्छ । ०५४ सालको पनि उम्मेदवार भएका प्रसाई एमालेका पाका कार्यकर्ता हुन् । प्रसाई नागरिक माझ समेत लोकपृय छन् । कांग्रेसका नेम्वाङ र एमालेका प्रसाईले टिकट पाएका कडा प्रतिस्पर्धा हुने धेरैको अनुमान रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट मेचीमा अशोक सुब्बाको उठ्नेछन् । राप्रपाको छबि झापामा केही राम्रो नै भए पनि अहिले खस्कदो अवस्थामा रहेको स्थानीयहरु दावी गर्दछ । माओवादीबाट मेचीको मेयरमा हंशलाल राजबंशी उठ्ने निश्चित भएको छ । उनले एमाले र कांग्रेसको केही भोट काट्नेछन् । पहिलो हुन कांग्रेस र एमालेको प्रतिष्पर्धा हुनेछ भने तेस्रोको लागि राप्रपा र माओवादीको प्रतिष्पर्धा हुने बताइएको छ ।     

दोस्रो चरणको चुनाव प्रदेश न १,२,५,७ मा जेठ ३१ गते हुनेछ । चुनावमा झापामा ८ वटा नगरपालिकाबाट बढाएर १० वटा नगरपालिका बनाइएको छ । झापा जिल्ला कुनै बेला एमालेको लाल किल्ला भनेर चिनिए पनि हाल आएर अधिकांश ठाउँमा कांग्रेस र एमाले बिचमा नै प्रतिष्पर्धा हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ