लमजुङको दूधपोखरी गाउँ कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु
प्रकाशित २०७४ जेठ १० बुधबार
661
Shares
लमजुङ। दूधपोखरी गाउँपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक पदका निर्वाचन प्रयोजनका लागि आजदेखि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ।
आज १० गते मतदाता नामावली प्रकाशन, ११ गते मतदाता नामावली सच्याउने, १२ गते अन्तिम नामावली प्रकाशन गर्ने, १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने र १९ गते मतदान हुने निर्वाचन अधिकृत यामबहादुर बानियाँले जानकारी दिए।
चार जना महिला सदस्य र दुई जना दलित वा अल्पसङ्ख्यक पदका लागि सो निर्वाचन हुन लागेको हो। कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र छवटै वडाध्यक्ष पदने सदस्य रहनेछन्। रासस