arrow

काठमाडौं महानगरमा ७० जनप्रतिनिधि चयन

कामपामा एमालेको अग्रता कायमै

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं। काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ। एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले २९ हजार २३० मत प्राप्त गरेका छन्। यो जम्मा एक लाख २४ हजार ४५७ मत गणना हुँदाको परिणाम हो।

त्यसैगरी, विवेकशील पार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार १७२ मत प्राप्त गरेकिछिन् भने साझा पार्टीका किशोर थापाले ११ हजार ४८५ मत प्राप्त गरेकाछन्। नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५३८ मत प्राप्त गरेकाछन्।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३७ हजार ७२३ मत प्राप्त गरेकिछिन्। राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार ४५६ मत प्राप्त गरेकिछिन्।

माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले सात हजार ८६ र साझा पार्टीका निरुपमा यादवले सात हजार ३९२ मत प्राप्त गरेकाछन् ।


महानगरमा ७० जनप्रतिनिधि चयन
गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनामा अहिलेसम्म काठमाडौं महानगरपालिकाका १४ वडाको ७० जना जनप्रतिनिधि निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार अहिलेसम्म प्रमुख र उपप्रमुखसहित १६२ जनप्रतिनिधिमध्ये ७० मात्र निर्वाचित भएका छन्।

यही जेठ १ गतेदेखि भएको मतगणनामा वडा नं १, २, ३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको मतगणना सकिएको छ । परिणामअनुसार सात-सातवटा वडामा नेपाली काँग्रेस र नेकपा (एमाले)का जनप्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेसका ५, १९, २५, २६ २८, २९ र ३० तथा एमालेका १, २, ३, २२, २३, २४ र २७ वडामा विजय भएका छन्। ३२ वटा वडा रहेको काठमाडौँमा अझै १८ वटा वडाका जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ