arrow

पोखरा–लेखनाथ मनपा–१७ र १९ मा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
pokhara-lekhnatha-metro.png

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–१७ र १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा नं १७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गरेका थिए।

त्यस्तै एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुल्ला सदस्यमा राधिकाकुमारी शाही र वैकुण्ठ भण्डारी निर्वाचित भएका छन्।

यसैगरी वडा नं १९ को वडाध्यक्षमा एमालेकै शोभामोहन पौडेलले दुई हजार ४८३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्पेन्द्र पाण्डेले एक हजार ९६० मत प्राप्त गरेका छन्।

सो वडाको महिला सदस्यमा एमालेकै कोपिला केसी, दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यमा कोमलप्रसाद शर्मा र कृष्णप्रसाद गौतम निर्वाचित भएका छन्।

महानगरको २० वटा वडाको मतगणना सकिँदासम्म महानगरप्रमुखमा एमालेका मानबहादुर जिसीले ३४ हजार १२७, काँग्रेसका रामजी कुँवरले २७ हजार ८३२, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३५ र काँग्रेसकी सरस्वती गुरुङले २६ हजार २५९ मत प्राप्त गर्नुभएको छ। अहिले २१, २२, २३ र २४ वडाको मतगणना भइरहेको छ। महानगरमा ३३ वडा छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ