काठमाडौं २६को अध्यक्षमा काँग्रेसका ख्याम तिवारी निर्वाचित
प्रकाशित २०७४ जेठ ७ आइतबार
477
Shares
काठमाडौं । सार्वजनिक चाँसोको काठमाडौं महानगरपालिकामा काँग्रेसले केहि वडाहरुमा नेतृत्व पुर्याउन सफल देखिएको छ। वडाहरुमा अपेक्षित सफलता प्राप्त गर्न नसकेपनि काँग्रेसले केहि वडाहरुमा आफ्नो नेतृत्वलाई निर्वाचित गराएर पुर्याउन सफल भएको छ।
काठमाडौँ महानगरको वडा नम्वर २६ मा काँग्रेसले वडा अध्यक्षका रुपमा ख्याम तिवारीलाई पुर्याउन सफल भएको छ।
प्रतिष्पर्धीहरु एमालेका देवेन्द्र प्रसाद रिमाल, माओवादी केन्द्रका रामकाजी मर्हजन र राप्रपाका सुनिल प्रसाद भट्टराई लगायतलाई पछि पार्दै तिवारी अध्यक्षमा निर्वाचित भएका हुन्।
तिवारीले २०९७ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी रिमालले १८७३ मत ल्याएका छन्।
काँग्रेसले यसअघी २८ नम्बर वडामा जित हासिल गर्दै महानगरमा जीतको खाता खोलेको हो । २८ नम्बर वडामा काँग्रेस उम्मेद्वार भाइराम खड्की विजयी भए ।
अहिलेसम्म मतगणना सकिएका मध्ये अधिकांश एमालेले नै जितेको छ ।