arrow

पार्टी पराजित भएपछि काँग्रेसको टोखा ९ का सभापति पाठकले दिए राजीनामा

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
Hari-Prasad-Pathak-Tokha-Congress-Resign.jpg

काठमाडौं । नेपाली काँग्रेस टोखा नगरपालिका वडा नम्बर ९ का सभापति हरिप्रसाद पाठकले पदबाट राजीनामा दिएका छन् ।

हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा टोखा नगरपालिका वडा नम्बर ९ बाट अनपेक्षित रुपमा नेपाली काँग्रेसको पुरै प्यानल पराजित भएको भन्दै पाठकले शनिबार पदबाट राजीनामा दिएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरी राजीनामा पत्र लेख्दै पाठकले पार्टीका उम्मेदवारहरु अनपेक्षित रुपमा हारेकाले आफू उक्त पदमा बसिरहनु उपयुक्त नदेखेको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।

टोखा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकै केहि पङकतिले असहयोग गरेको काँग्रेस कार्यकर्ताबीचमा चर्चा छ। काँग्रेसका उमेद्वारहरु हरिहर अधिकारी र रजनी थापा थोरै मतले पराजीत भएका थिए। टोखा नगरपालिकामा नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ